सुदूरपश्चिमको नियतीः दसैँको मुखमा रोजगारीका लागि भारत जानेहरूको लर्को

Image
Nisarga Hospital

हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। देश–विदेशबाट आफ्ना घर फर्किने क्रम बढ्दा सुदूरपश्चिममा भने यस पटक दृश्य फरक देखिएको छ। गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेभन्दा काम खोज्दै भारत जानेहरूको सङ्ख्या बढी छ। विद्यालयको लामो बिदा भएकोले बालबालिकासहित परिवारले भारतको हिमाञ्चल प्रदेशतर्फ यात्रा गरिरहेका छन्।

CP Hospital Dhangadhi

डोटीको जोरायल–२ का करन थापा परिवारसहित भारत जान लागेका छन्। उनले भने, “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ। पैसा भए तिहार मनाउन आउँथ्यौं।” डोटीको बाजिलेककी मीनादेवी थापा पनि श्रीमानसहित सिमलामा स्याउ टिप्ने कामका लागि जान लागेकी छन्। उनका अनुसार, “भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउने योजना छ।”

Attariya Hospital

बलबहादुर थापा भने, “पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी पनि नपाइएपछि एक महिना मजदुरी गरेर तिहारमा घर फर्कने योजना बनाएको छु।” कैलालीका कृष्ण सेरला पनि विद्यालयको बिदा सदुपयोग गर्दै भारत जान लागेका छन्।

nawajiwan

गरिबी र रोजगारी अभावका कारण सुदूरपश्चिमका नाका हुँदै दैनिक सयौँ नेपाली चाडपर्वको मुखमा विदेशिन बाध्य छन्। दसैँको पर्वको खुशी केही मात्र मानिसले अनुभव गर्न पाउने अवस्था बनेको छ।

Advertize US