कैलालीको मालपोत कार्यालय मर्मतपछि सेवा सुचारु हुने तयारी

Image
Nisarga Hospital

कैलालीको भुमिसुधार तथा मालपोत कार्यालय गत भदौ २४ गतेको आन्दोलनमा आगजनी र तोडफोडमा परेको थियो। जेनजी आन्दोलनका क्रममा कार्यालयका २५ कम्प्युटर सेट, कुर्सी, टेबल जलेर नष्ट भएका छन् भने केही कम्प्युटर चोरीसमेत भएका छन्। कार्यालय प्रमुख प्रेम बहादुर दौल्यालका अनुसार, कार्यालयको विद्युत् र इन्टरनेट सेवा ठप्प भएको छ र केही महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन्।

CP Hospital Dhangadhi

अहिले कार्यालयले प्राथमिकताका आधारमा सरसफाइ र मर्मतकार्य तीव्र रूपमा अघि बढाएको छ। विद्युत् प्रणाली र नयाँ कम्प्युटर उपलब्ध भएपछि सेवा पूर्ण रूपमा सुचारु गरिनेछ। दौल्यालले चोरी भएका सामान फिर्ता गर्नसमेत अनुरोध गरेका छन्।

Attariya Hospital

आन्दोलनपछि नयाँ प्रधानमन्त्री चयनसँगै कैलालीका मालपोत, नापी, यातायात लगायतका कार्यालयहरूले क्रमशः मर्मत र सफाइ गरेर आवश्यक सेवा पुनः सञ्चालनमा ल्याउने तयारी थालेका छन्।

nawajiwan