गोदावरी नगरपालिकालाई गोदावरी सामुदायिक वनद्वारा ३ थान कम्प्युटर सेट सहयोग

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: जेन–जी आन्दोलनका कारण व्यापक क्षति पुगेको गोदावरी नगरपालिकाले सामान्य सेवा सञ्चालनमा कठिनाइ भोगिरहेको अवस्थामा गोदावरी सामुदायिक वन उपभोक्ता समितिले सहयोग पुर्‍याएको छ।

CP Hospital Dhangadhi

नगरपालिका वडा नं. ४ अन्तर्गतको समितिले २ लाख ८५ हजार बराबरको ३ थान डेस्कटप कम्प्युटर र ३ थान प्रिन्टर हस्तान्तरण गरेको हो। समितिका अध्यक्ष दिलबहादुर madai ले यस सहयोगले नगरपालिकाको दैनिक सेवा प्रवाहलाई सहज बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

oplus_0

सामग्री हस्तान्तरण कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको उपस्थितिमा सम्पन्न भएको थियो।

nawajiwan
Attariya Hospital

नगर प्रमुख भट्टले सामुदायिक वन उपभोक्ता समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संकटको घडीमा गरिएको यस सहयोग प्रशंसनीय रहेको बताए।

oplus_0

नगरपालिकाले सबैलाई सहयोगका लागि आह्वान गर्दै, इच्छुकले बैंक खाता वा QR को माध्यममार्फत रकम, वा आवश्यक सामग्री उपलब्ध गराउन सकिने जानकारी दिएको छ। सामुदायिक वनको सक्रियताले गोदावरी नगरपालिकाको सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

Advertize US