कैलालीका दुई नगरपालिका आगलागीबाट स्वास्थ्य सामग्री नष्ट, बिरामीहरु प्रभावित

Image
Nisarga Hospital

गत भदौ २४ गतेको आन्दोलनका क्रममा कैलालीका दुई स्थानीय तहका स्वास्थ्य भण्डारण गृहमा आगलागी भएको छ। गोदावरी नगरपालिकामा भएको आगलागीबाट करिब ९२ लाख रुपैयाँ बराबरको औषधी र ४८ लाख बराबरको स्वास्थ्य उपकरण पूर्ण रूपमा जलेर नष्ट भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए। यस घटनाले स्वास्थ्य शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

CP Hospital Dhangadhi

घोडाघोडी नगरपालिकाको औषधी भण्डारण गृहमा पनि आगजनी भए पनि करिब आधा मात्र औषधी जलेको छ। अवस्थीका अनुसार, औषधी नष्ट भएपछि दीर्घरोगी तथा नियमित औषधी सेवन गर्ने बिरामी समस्यामा परेका छन्। औषधीसँगै अस्थायी स्वास्थ्य उपकरणको अभावले सेवामा थप कठिनाइ आएको छ।

Attariya Hospital

स्वास्थ्य कार्यालय कैलालीले तत्काल समस्या समाधानका लागि केही औषधी सहयोग गर्दै आएको छ। कार्यालय प्रमुख रमेश कुँवरका अनुसार सरकारले केही औषधी उपलब्ध गराए पनि अस्थायी स्वास्थ्य साधनको कमी अझै छ। आगलागीका कारण जिल्लाका अन्य केही स्थानिय तहका कागजात पनि जलेर नष्ट भएका छन्, जसले नियमित खोप कार्यक्रम र औषधी वितरणमा प्रभाव पारेको छ।

nawajiwan

स्वास्थ्य अधिकारीहरूले घटनापछि आगो नियन्त्रण र स्वास्थ्य सेवा पुनः सञ्चालनमा विशेष ध्यान दिइरहेको बताए। आगलागीले स्वास्थ्य सेवामा परेको प्रभाव तत्काल सुधार्न प्रयास जारी रहेको छ।