संविधान: हाम्रो गौरव, हाम्रो अधिकार र साझा मार्गदर्शक

Image
Nisarga Hospital

नेपाल:संविधानका सेता पानामा काला अक्षरले अंकित नियम र कानुनहरू केवल किताबमा मात्र सीमित नभइ यथार्थमा प्रयोग सिद्ध गरिनुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हाम्रो राष्ट्रिय पहिचान, स्वतन्त्रता र लोकतन्त्रको प्रतीक हो। संविधान दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

CP Hospital Dhangadhi

हालको राजनीतिक र सामाजिक-आर्थिक चुनौतीहरूका बीच, संविधान हाम्रो साझा मार्गदर्शक र सुरक्षा कवचको रूपमा अझ आवश्यक छ। संविधान केवल कागजको टुक्रा होइन; यो हाम्रा अधिकार, स्वतन्त्रता र समानतामा आधारित विश्वासको अभिव्यक्ति हो।

यस अवसरमा हामी राष्ट्रियता, स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि आफ्नो जीवनको उत्सर्ग गर्नुभएका ज्ञात–अज्ञात वीर शहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु। साथै संविधानले सुनिश्चित गरेका मौलिक हक-गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना, सञ्चार र न्याय सबै नागरिकले सहज पहुँच पाउन सकून् भन्ने दृढ विश्वास व्यक्त पनि गर्दछु।

nawajiwan
Attariya Hospital

हामी सबैले संविधानको सम्मान, यसको संरक्षण र कार्यान्वयनमा आफ्नो भूमिका निर्वाह गर्दै देशलाई न्यायपूर्ण, समावेशी र सशक्त बनाउने प्रतिवद्धता दोहोर्याऔं। संविधान हाम्रो साझा गौरव हो, र यसको रक्षा गर्नु हामी सबैको महान जिम्मेवारी हो।

राष्ट्रिय संविधान दिवस २०८२ को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना।

# ट्रेण्डिङ