
अत्तरिया : संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रदर्शन गरेका छन् । पछिल्लो घटना क्रमलाई ध्यानमा राखेर संविधाको रक्षार्थ कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा बृहत मोटरसाइकल र्याली गरेको नेपाली कांगेसका जिल्ला कार्यवाहक अध्यक्ष खेम डगौरा चौधरीले जानकारी दिए ।


चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौरामा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए । बिशेष गरी संविधानको रक्षा र उन्नत लोकतन्त्रको लागि राजनीतिक पार्टी नै उपयुक्त विकल्प भएको हुँदा राजनीतिक पार्टी माथिको पछिल्लो समयमा भै रहेको प्रहारका विरुद्ध र्याली गरेको जनाएका छन् ।





























