कैलालीको गेटामा युवा क्लबद्वारा नवनिर्मित प्रहरी बिट प्रहरी चौकीलाई हस्तारन्तरण

Image
Nisarga Hospital

अत्तरिया : भदौ २३ र २४ गते भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा देशका विभिन्न क्षेत्रमा धनजनको क्षति हुनुका साथै कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित ट्राफिक प्रहरी बिट पनि तोडफोड भई ध्वस्त पारिएको थियो ।

CP Hospital Dhangadhi

समाजसेवी गतिविधिमा निरन्तर सक्रिय गेटा युवा क्लबको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः सोही स्थानमा नयाँ ट्राफिक प्रहरी बिट निर्माण गरिएको हो । संविधान दिवसको अवसर पारेर सम्पन्न निर्माण कार्यपछि उक्त बिट शुक्रबार एक कार्यक्रमका बीच गेटा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण समारोहका प्रमुख अतिथि गेटा स्थित लक्ष्मी कत्था उद्योगका सञ्चालक रोशन कर्ण रहेका थिए । समारोहमा क्लबका अध्यक्ष हरिश भण्डारीले जेन जी को देशव्यापी आन्दोलनमा विभिन्न क्षेत्रमा जन धन क्षति भएको थियो त्यसमा गेटाको ट्रफिक प्रहरी बिट समेत क्षति परेको बताउँदै क्लवले सोहि स्थानमा प्रहरी बिट पुननिर्माण गर्ने साथै पहिले भन्दा अझ उचित बनाउने पहल गर्दै आइरहेको थियो जुन कार्य सफल भएको बताए ।

nawajiwan
Attariya Hospital


अध्यक्ष भण्डारीले प्रहरी बिट निर्माण गर्न सहयोग गर्ने व्यक्तित्वहरूलाई आभार व्यक्त गर्दै समाजमा शान्ति सुरक्षा र यातायात व्यवस्थापन गरी दुर्घटना जोखिम कम गराउने प्रहरीलाई क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत बिट निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको बताए ।
सडक सुरक्षा लगायत सामाजिक सुरक्षा क्रियाकलापहरुमा प्रभावकारी बनाउन क्लबले प्रहरीसँग सहकार्य गर्दै आइरहेको अध्यक्ष भण्डारी बताए ।

यस्तै कार्यक्रममा बैजनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राज बहादुर कडायतले गेटा युवा क्लबले सामाजिक विकासमा गरेको कार्यलाई उदहारणीय बताउँदै सामाजिक सुरक्षाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने धारणा व्यक्त गरे। उनले बिट स्थापना सडक सुरक्षा र शान्ति सुव्यवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । सो अवसरमा प्रहरी बिटका इन्चार्ज आकाश रावलले उक्त बिट स्थापना गर्न सहयोग पु¥याउने क्लव लगायत सम्पूर्ण हातहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा अझै जिम्मेवार ढंगले कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

बिट निर्माण गर्न संघ संस्था व्यक्तिगत सहयोग गरेको क्लवले जनाएको छ । क्लवले विभिन्न क्षेत्रबाट रकम संकलन गरेर बिट स्थापना गरी हस्तान्तरणको दिन क्लवले आय व्यय समेत सार्वजनिक गरेको थियो जसमा जम्मा संकलन रकम ८१ हजार २ सय ९६ भएको थियो । भने बिट निर्माणका खर्च ६५ हजार २ सय १८ रुपैयाँ भएको थियो । क्लवले बचेको बाकी रकम क्लबको खातामा जम्मा रहेको जुन सामाजिक क्षेत्रमा सहयोगमा गरिने भएको जानकारी दिए ।

# ट्रेण्डिङ