
अत्तरिया : एघारौ संविधान दिवसको अवसरमा कैलालीको अत्तरिया बजारमा दीप प्रज्वलन गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।

स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनता लगायत विभिन्न संघसंस्थाहरुले अत्तरिया बजारको विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन् ।

नेपालको संविधान–२०७२ जारी भएको आज १० वर्ष पूरा ११ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित दशौं संविधान दिवस मनाइएको हो ।


लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता र मानव अधिकार तथा समावेसी र समानतामा आधारित नेपाली समाजको विकासलाई संविधानको मूलभूत मान्यताका रुपमा प्रत्याभूत गरिएकाले नेपालको विद्यमान संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले संविधान बनाउने क्रममा सहिद भएकाहरुप्रति श्रद्धा–सुमन व्यक्त गदैँ संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने राजनितिक सँगै नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए । ‘हामी सबैका अधिकारहरु संविधानमा संस्थागत भएको बताएका छन् ।



































