हमासले जारी गर्‍यो बन्धकहरूको ‘बिदाइ तस्बिर’, नेपालका विपिन जोशी पनि समेटिए

Image
Nisarga Hospital

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र ध्वस्त पार्दै कब्जा गर्ने क्रममा, हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ अनलाइनमा सार्वजनिक गरेको छ। यसमा नेपालका विपिन जोशीसमेतको तस्बिर समावेश छ।

CP Hospital Dhangadhi

सङ्कलित तस्बिरमा जीवित र मृतक सबै बन्धकको अनुहार देखाइएको छ। क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई उल्लेख गर्दै ‘रोन अरद’ लेखिएको छ। अरदको एफ-४ फ्यान्टम दक्षिणी लेबनानमा आक्रमणको क्रममा दुर्घटनाग्रस्त भएको थियो र उनी अमल आन्दोलनद्वारा पक्राउ परेका थिए। पछि हिजबुल्लाहलाई सुम्पिएका अरदको मृत्यु भएको मानिन्छ, तर प्रमाण थोरै मात्र उपलब्ध छ।

हमासले तस्बिरसँगै सन्देश पठाएको थियो: “नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर।”

nawajiwan

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा हमासविरुद्ध जारी नरसंहारकारी युद्ध अन्त्य गर्न कुनै सम्झौता नगर्ने नीति राखेका छन्। इजरायली सेना प्रमुख अयाल जामरको ‘गाजा विजय योजना’मा पनि सार्वजनिक आपत्ति भएता पनि भूमि र हवाई हमलाहरू जारी छन्।

Attariya Hospital

इजरायली अधिकारीहरूले करिब २० बन्धक अझै जीवित रहेको अनुमान गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन्। नेतन्याहूले बारम्बार सबै बन्धक फिर्ता ल्याउने र हमासलाई नष्ट गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

हमासले बन्धकहरूको जीवन जोखिममा परेको चेतावनी दिँदै आएको छ। केही इजरायली बम आक्रमणमा मारिएका छन् भने बन्धकहरू गाजा शहरका विभिन्न भागमा छरिएका रहेको सशस्त्र समूहले दाबी गरेको छ।

शनिबारको धम्की इजरायलका लाखौं नागरिकले सडकमा उत्रेर सरकारको निन्दा गर्न र युद्ध अन्त्यका लागि तत्काल व्यापक सम्झौता माग गर्नु अघि आएको हो। यसअघि हमासले दुई इजरायली बन्धकको भिडियो जारी गरेको थियो, जसले बन्धकका परिवार, इजरायली अधिकारीहरू र अन्तर्राष्ट्रिय साझेदारमा आक्रोश सिर्जना गरेको थियो।

गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि कम्तीमा ६५,२०८ प्यालेस्टिनी मारिएका छन् र १,६६,२७१ घाइते भएका छन्। मार्च १८ मा इजरायलले हमाससँगको युद्धविराम भंग गरेदेखि १२,६५३ जनाको मृत्यु र ५४,२३० घाइते भएका छन्।