यूएईपछि मलेसिया, साउदी र कतारले पनि नेपालीलाई भिसामा कडाइ

Image
Nisarga Hospital

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै युनाइटेड अरब इमिरेट्स (यूएई)ले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ थालेको छ। त्यसपछि मलेसिया, साउदी अरब, कतार लगायत अन्य मुलुकले पनि भिसा दिन कडाइ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङका अनुसार दुई–तीन दिनयता आवेदनका लागि थप कागजात माग भइरहेका छन् र कतिपय रिजेक्टसमेत भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यूएईले भिजिट भिसा पूर्णरूपमा बन्द गरेको छ भने वर्किङ भिसामा समेत सुरक्षा कारण र प्रहरी रिपोर्टको आधारमा कडाइ गरिरहेको छ। मलेसिया, साउदी र कतारले पनि नयाँ वर्किङ भिसा हकमा अस्वीकृत दर बढाएको डिम्दोङले जानकारी दिए।

यसले दैनिक पाँच सयभन्दा बढी नेपाली यूएई जानेबाट रोकिएका छन्। यूएईपछि अन्य देशले कडाइ गर्दा वैदेशिक रोजगारका नेपालीहरूले विकल्प खोज्न थालेका छन्। परराष्ट्र मन्त्रालयले भोलि राजदूतावासहरूसँग छलफल गर्दै पछिल्लो परिस्थिति र समाधानका उपायबारे वार्ता गर्ने तयारी गरेको छ।