काठमाडौँ महानगरको उपहार :दुर्गम सिगासमा पहिलोपटक एम्बुलेन्स सेवा

Image
Nisarga Hospital

सिगास/ बैतडी – काठमाडौँ महानगरपालिकाले बैतडीको दुर्गम सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । विगतमा आकस्मिक बिरामीलाई काँधमा बोकेर, डोकोमा हालेर, वा घोडा–खच्चडमार्फत सडकसम्म ल्याउन बाध्य सिगासबासी हरूका लागि यो एम्बुलेन्स जीव रक्षक उपहार सावित भएको छ ।

CP Hospital Dhangadhi
तस्बिर:- काठमाडौँ महानगरले सिगास गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्य चौकी द्वारा सञ्चालित हुने गरि हस्तान्तरण गरेको एम्बुलेन्स ‌।

देशभरका ३५ दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स उपलब्ध गराएको हो । सिगासले प्राप्त गरेको एम्बुलेन्स गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्यचौकी मार्फत सञ्चालन गरिने भएको छ । हिजो मंगलबार मात्रै गाउँपालिका उपाध्यक्ष धाना धामी र स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले संयुक्त रूपमा एम्बुलेन्स बुझेर ल्याएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
एम्बुलेन्स बुझ्दै सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी सँगै स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहरा

“हाम्रो गाउँमा एम्बुलेन्स नहुँदा धेरै आमाबाबुके आफ्ना छोराछोरी गुमाउनुपर्‍यो, गर्भवती आमाहरू समयमै अस्पताल पुर्‍याउन नसक्दा ठूलो पीडा भोग्नुपर्‍यो । अब त्यो पीडा केही कम हुने भयो,” स्वास्थ्य शाखा प्रमुख बोहराको भावुक भनाइ छ ।

सिगासका स्थानीयबासीहरू पनि अत्यन्तै हर्षित छन् । उनीहरूका अनुसार अब बिरामीलाई पैदल बोकेर घण्टौँ यात्रा गर्नुपर्ने दिन सकिनेछ । कच्ची सडक भए पनि गाउँ–गाउँसम्म पुगेकाले एम्बुलेन्स सेवा सबै वडासम्म पुर्‍याउन सकिनेछ भन्ने उनीहरूको विश्वास छ ।

गाउँपालिकाले आफ्नै स्रोतमा पनि अर्को एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै गाँजरी स्वास्थ्यचौकी मार्फत अर्को एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको बोहराले जानकारी दिए ।

सिगास गाउँपालिकामा यो एम्बुलेन्स पुगेपछि गाउँलेको आँखामा खुशीका आँसु टल्किएका छन् । उनीहरू भन्छन् “पहिले हामीलाई अस्पताल पुग्नै कठिन हुन्थ्यो, कहिलेकाहीँ जीवन नै गुम्थ्यो । अब भने कम्तीमा आपतकालीन अवस्थामा तुरुन्तै सेवा पाउने भयौँ । यो हाम्रो लागि ठूलो राहत हो ।” एम्बुलेन्स हस्तान्तरणसँगै सिगास गाउँपालिकामा आशा जगिएको छ अब आकस्मिक अवस्थामा ‘समयमै उपचार’ सम्भव हुनेछ ।

Dhnagadhi & Krishanapur