ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् असोज १३ गते सोमबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १३ आश्विन २०८२ सोमवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामलाई वेवास्था गर्दा राम्रा अवसरहरु गुमाउन सक्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक कार्यक्रमहरूमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्मकर्ममा आस्था बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीवर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ। व्यापार व्यवसायमा विरोधीहरूको भावना समयमा बुझ्न सफल भइनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धी हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अनुभवीजनहरूको साथ मिल्नाले कार्यमा निखार आउनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा आफ्नो कुरालाई राख्नमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा आकस्मिक लाभको अवसर मिल्नेछ। कार्यक्षेत्रमा ठूलो सफलता हात लाग्नेछ। सामाजिक कार्यमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ जानकारको सल्लाह लिनुहोस। कानुनी मामलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको वादविवादमा आफू नपर्नुहोस्। कार्यक्षेत्रमा दिखावा गर्नबाट बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ लगानी व्यापार विस्तारको लागि सहायक हुनेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् अन्यथा विपरीत अर्थ लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिनेछ। आज परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन्छ। आशा देखाएर आफ्नो काम निकाल्नेहरूलाई चिन्ने प्रयास गर्नुहोला।आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् राम्रो लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउनुहुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

हाम्रो पात्रो बाट