ट्रम्प र नेतान्याहू गाजामा यु’द्धविरा’ममा सहमत

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार राति वासिङटनमा पत्रकार सम्मेलनमार्फत गाजामा युद्धविराममा सहमति भएको घोषणा गरेका छन्। उनीहरूले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई योजना स्वीकार गर्न चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

ह्वाइट हाउसले गाजामा युद्ध रोक्ने र भविष्यमा शासन व्यवस्थाको रूपरेखा तय गर्ने उद्देश्यसहित २० बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ, मृत बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ।

Attariya Hospital

इजरायलले पनि सयौं प्यालेस्टिनीहरू रिहा गर्नेछ। हमासले हतियार राख्न पाउने छैन, र सुरुङ तथा हतियार निर्माण सुविधा नष्ट गरिनेछ। प्रस्तावमा भविष्यमा स्वतन्त्र प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखिएको छ। ट्रम्पले यसलाई शान्तिको ऐतिहासिक दिन भनेका छन्।

nawajiwan