यु’द्धबीच कै’दी साटासाट : रुस–युक्रेनबीच १८५ यु’द्धब’न्दीको आदानप्रदान

Image
Nisarga Hospital

रुस र युक्रेनबीच बिहीबार १८५ युद्धबन्दीको आदानप्रदान भएको छ। रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनले १८५ रूसी सैनिक फिर्ता गरेको छ भने २० जना सर्वसाधारणलाई समेत रिहा गरिएको छ।

CP Hospital Dhangadhi

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आफ्ना सैनिकहरूको फर्किएको पुष्टि गर्दै आवश्यक सहयोग उपलब्ध गराइने बताए। उनका अनुसार आक्रमण सुरु भएदेखि सात हजारभन्दा बढी युक्रेनीहरूलाई घर फर्काइएको छ।

Attariya Hospital

यसअघि पनि मे र जुलाईबीच इस्तानबुलमा भएको वार्तापछि ठूलो मात्रामा कैदी आदानप्रदान भएको थियो। युद्धको क्रममा दुवै पक्षले मारिएका सैनिकहरूको स्वदेश फिर्तीको प्रक्रिया निरन्तर चलाएका छन्।

nawajiwan

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्। तर हताहतको वास्तविक तथ्याङ्क भने अझै पनि गोप्य राखिएको छ।