एलन मस्कको कम्पनीलाई पछि पार्दै ओपनएआईको सेयर बिक्री विश्वकै मूल्यवान

Image
Nisarga Hospital

च्याटजीपीटी लगायत कृत्रिम बौद्धिकता प्रविधिमा अग्रणी ओपनएआई हालैको सेकेन्डरी स्टक सेलपश्चात विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ। ब्लुमबर्गका अनुसार कम्पनीको पछिल्लो मूल्यांकन ५०० अर्ब अमेरिकी डलर पुगेको छ, जसले एलन मस्कको स्पेसएक्स (३५० अर्ब डलर) पछाडि पारेको छ।

CP Hospital Dhangadhi

सेयर बिक्रीमा कम्पनीका वर्तमान र पूर्व कर्मचारीहरूले करिब ६.६ अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका थिए। प्रमुख लगानीकर्तामा थ्राइभ क्यापिटल, सफ्टबैंक र एमजीएक्स अबुधावी रहेका थिए।

Attariya Hospital

सन २०२५ को सुरुमा कम्पनीको मूल्यांकन ३०० अर्ब डलर थियो। च्याटजीपीटी जस्ता उत्पादनको लोकप्रियता र व्यावसायिक विस्तारले छोटो समयमा मूल्य वृद्धिमा ठूलो फड्को ल्याएको छ। ओपनएआई हाल प्रत्यक्ष मुनाफामा नभए पनि आम्दानी र प्रयोगकर्ता संख्याको तीव्र वृद्धिले लगानीकर्तालाई उत्साहित बनाएको छ।

nawajiwan

यस घटनासँगै ओपनएआई प्रविधि क्षेत्रको अग्रणी स्टार्टअपको रूपमा स्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Advertize US