डोटीमा प्रहरी जवान शंकर बलायर सडक दु!र्घट!नामा मृ!त फेला

Image
Nisarga Hospital

डोटी । शिखर नगरपालिका–८ गोपघाटस्थित सडकमा शुक्रवार मध्यराति एक जना प्रहरी जवान मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २८ वर्षीय शंकर बलायर सडकमा घोप्टो परेको अवस्थामा भेटिएका हुन्। डोटीका डीएसपी निशान्त श्रीवास्तवले नेपालखबरलाई जानकारी दिँदै भने, “शिखर नगरपालिका–८ गोपघाटस्थित केआई सिंह राजमार्गमा उहाँ मृत फेला पर्नुभएको हो। प्रारम्भिक अनुसन्धान अनुसार सडक दुर्घटनाका कारण मृत्यु भएको देखिन्छ। उहाँको टाउकोमा चोट लागेको छ।”

CP Hospital Dhangadhi

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दीमा थिए र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी दसैं मनाउन असोज ७ गते १८ दिनको बिदा लिएर घर आएका थिए।

शुक्रवार राति १२:१५ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। अहिले घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ। घटनास्थल सिल गरिएको छ र थप विवरण संकलन भइरहेको छ। प्रहरीले मृतक बलायरको टाउकोमा गम्भीर चोट देखिएको र प्रारम्भिक रुपमा सडक दुर्घटनाका कारण मृत्यु भएको देखिएको बताएको छ।

nawajiwan

घटना स्थलमा थप अनुसन्धान जारी छ र प्रहरीले पूर्ण तथ्याङ्क पत्ता लगाउने प्रयास गरिरहेको छ।