अछामबाट धनगढी आइरहेको गाडी डोटीमा दु’र्घटना: १ जनाको मृ’त्यु, २१ घा’इते 🚨

Image
Nisarga Hospital

डोटीको जोरायल गाउँपालिका–२ मा आज बिहान भीमदत्त राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियार घटनास्थलमै निधन भएकी छन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी दुर्घटना भएको हो। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डीएसपी टेकबहादुर जोराले सबै घाइतेलाई तत्काल उपचारका लागि धनगढीस्थित अस्पतालमा पठाइएको जानकारी दिएका छन्। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

nawajiwan

स्थानीय प्रशासन र ट्राफिक प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्दै छ। नागरिकहरूलाई सडक प्रयोग गर्दा सतर्क रहन प्रहरीले आग्रह गरेको छ।