ट्रम्पले फेरि सुरू गरे चीनसँग व्यापार युद्ध: भन्सार १३० प्रतिशत पुर्‍याउने घोषणा 🔥

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यसअघि चीनमाथि ३० प्रतिशत भन्सार लागिरहेको थियो भने नयाँ वृद्धि पछि कुल भन्सार १३० प्रतिशत पुग्नेछ। ट्रम्पले नोभेम्बर १ देखि नयाँ भन्सार लागू हुने बताएका छन्।

CP Hospital Dhangadhi

उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, “नोभेम्बर १ देखि सबै महत्वपूर्ण सफ्टवेयर निर्यातमा नियन्त्रण लागू गरिनेछ।” ट्रम्पले दोस्रो कार्यकाल सुरु भएदेखि चीनसँग व्यापार युद्ध गरिरहेका छन्। पहिले अमेरिकी भन्सार १४५ प्रतिशतसम्म पुगेको थियो भने चीनले १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो।

चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा कडाइ गर्दै अब ती पदार्थ प्रयोग गरेर बनाइएको सामान निर्यात गर्न मन्त्रालयको स्वीकृति अनिवार्य गरेको छ। यसले अमेरिकी कम्पनीहरूमा प्रभाव पर्न सक्छ।

nawajiwan
Attariya Hospital

विश्लेषकहरूका अनुसार ट्रम्पको मनलाग्दी भन्सार नीति अमेरिकी अर्थतन्त्रमा जोखिम बढाउनेछ। दक्षिण कोरियामा अक्टोबरमा हुने एसिया प्यासिफिक शिखर सम्मेलनअघि चीन–अमेरिका बीचको व्यापार युद्ध पुनः उत्कर्षमा पुगेको छ।

यो कदमले व्यापार युद्धको तनाव बढाइरहेको छ र विश्व अर्थतन्त्रका लागि चुनौती उत्पन्न गर्ने संकेत देखिन्छ।

Advertize US