गजामा बन्धक रिहाइको तयारी, अमेरिकी राष्ट्रपति ट्रम्प इसराइल प्रस्थान

Image
Nisarga Hospital

गजामा हमासको नियन्त्रणमा रहेका बन्धकहरू सोमबार रिहा हुने भएका छन्। स्थानीय समयअनुसार बिहान ४ देखि ६ बजे बीच पहिलो चरणमा बन्धकहरूलाई छाड्ने तयारी छ भने बिहान ८ बजे दुई ठाउँबाट, त्यसपछि एक घन्टापछि अर्को स्थानबाट बाँकी बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइनेछ। गजामा मृत्यु भइसकेका बन्धकहरूलाई छाड्न भने समय लाग्ने बताइएको छ।

CP Hospital Dhangadhi

सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको २५१ जनामध्ये ४८ जना अझै नियन्त्रणमा छन्, तीमध्ये कम्तीमा २० जना जीवित छन्। अमेरिकी मिडियाका अनुसार विपिन जोशीसहित २२ बन्धक अझै जीवित रहेको विश्वास गरिएको छ। उनीहरूमा मतान एन्ग्रेस्ट, गाली–जिभ बर्मन, एल्काना बोहबोट, बिपिन जोशी लगायतका व्यक्तिहरू छन्।

Attariya Hospital

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इसराइल प्रस्थान गर्दै छन्। उनले गजाको युद्धविरामको घोषणा गरेका छन् र इजिप्टमा अप्रत्यक्ष वार्तामार्फत लिखित सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ। ट्रम्प होस्टेज स्क्वायरमा बन्धक परिवारसँग भेट्नेछन् र इसराइली संसदमा सम्बोधन पनि गर्ने कार्यक्रम तय छ।

nawajiwan

बन्धकहरूको रिहाइ र ट्रम्पको भ्रमणले गजामा नयाँ आशा र अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ।

Advertize US