हमासले २० ब’न्धक रिहा गर्‍यो, विपिन जोशी अझै बेपत्ता-परिवारको पीडा थप गहिरियो

Image
Nisarga Hospital

हमासले युद्धविराम सम्झौताअनुसार सोमबार २० जना बन्धकलाई रेडक्रसमार्फत इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ। यी सबैलाई सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमामा भएको भीषण आक्रमणका क्रममा अपहरण गरी गाजामा लगिएको थियो।

CP Hospital Dhangadhi

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्ने तयारी गरेको छ। यसबीच नेपालका विपिन जोशीको रिहाइबारे ठूलो आशा गरिएको थियो, तर हालसम्म उनको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

विपिनलाई पनि हमासले सोही आक्रमणका क्रममा अपहरण गरी गाजामा पुर्‍याएको थियो। उनका आफन्तहरू हरेक दिन इजरायल र हमासबीचको समाचार हेर्दै, ‘विपिन फर्किएलान् कि?’ भन्ने आशा मरेको छैन। परिवारले अझै पनि विपिनको नाम रिहा हुने सूचीमा आउने प्रतीक्षामा छन्।

nawajiwan
Attariya Hospital

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको सहयोगमा गाजाबाट इजरायल ल्याइएको छ। सार्वजनिक तस्वीरहरूमा रिहा भएका जुम्ल्याहा गली र जि बर्मन एक–अर्कालाई अंकमाल गर्दै देखिन्छन्—तिनको अनुहारमा मुक्ति र पीडाको मिश्रित भाव।

यसबीच अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। उनले संसदलाई सम्बोधन गर्ने र बन्धक परिवारलाई भेट्ने तय भएको छ। अमेरिकी मध्यस्थता, इजिप्ट, कतार र टर्कीको पहलमा कायरोमा भएको सहमति युद्धविरामतर्फको आशाको किरण बनेको छ। तर विपिनको परिवारका लागि त्यो आशा अझै अपूर्ण छ। 💔🇳🇵

Advertize US