ह’मासले विपिन जोशीसहित चार ब’न्धकको श’व इजरायललाई फिर्ता गर्ने घोषणा

Image
Nisarga Hospital

हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको छ। हमासले जारी गरेको विज्ञप्तिमा उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको छ। फिर्ता गरिने बन्धकमा जोशी र इजरायली नागरिक गाई इलोज, योसी शाराबी तथा ड्यानियल पेरेट्ज रहेका छन्।

CP Hospital Dhangadhi

हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार शवहरू इजरायली पक्षलाई हस्तान्तरण गर्ने जनाएको छ। इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।

Attariya Hospital

होस्टेज एण्ड मिसिङ फोरमले हमासको कदमलाई ‘पीडादायी तर महत्त्वपूर्ण’ ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि सत्य अत्यन्त कठोर छ।” यस घटनाले परिवार र समुदायमा गहिरो पीडा उत्पन्न गरेको छ।

nawajiwan
Advertize US