डोटीको बडिकेदारमा जिप दु’र्घटना, एक जनाको ज्यान गयो !

Image
Nisarga Hospital

डोटीको बडिकेदार गाउँपालिका-३ देवलमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटना कैलालीको सुखडबाट डोटीको देवलतर्फ जाँदै गरेको बोलेरो जिप (सु.प.प्र.०१ ००१ च ४६५१) पल्टिँदा भएको हो।

CP Hospital Dhangadhi

जिप घोडाघोडी नगरपालिका-८ मैनापोखरीका २७ वर्षीया सरोज विकले चलाइरहेका थिए। जिपमा नौ जना यात्रु सवार थिए, जसमा लक्ष्मी कुमारी बाहेक सबै सकुशल रहेका छन्।

Attariya Hospital

घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा चार सदस्यीय टोली खटाइएको छ। प्रहरीले दुर्घटना सम्बन्धी सबै विवरण संकलन गरिरहेको र सडक सुरक्षाका लागि आवश्यक कदमहरू उठाइने जनाएको छ।

nawajiwan

स्थानीय प्रहरीले जिपको गति नियन्त्रण र सडक अवस्था समेत अनुसन्धानको महत्वपूर्ण अंश रहेको जनाएको छ।