ज्योतिषीका अनुसार आजका लागि यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् कार्तिक महिनाको १२ गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १२ कार्तिक २०८२ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुराना साथीहरूसँग भेटघाट हुनेछ। आफन्तहरूको आगमनले घरपरिवारमा खुशीको माहोल रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जग्गा जमीनलाई लिएर ऋण लिनुपर्ला सावधान रहनुहोस्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा बलको अपेक्षा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित व्यक्तिहरूसँग राम्रो सम्पर्क बन्नेछ। सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। कार्यलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूले वेवीस्था गर्दा मन अप्रसन्न रहनेछ। गुप्त कुराहरू अरुसँग नभन्नुहोस्। घर परिवारको वातावरणलाई सकारात्मक राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सकारात्मक रहने प्रयास गर्नुहोला। आफन्तमध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। नयाँ योजनाहरूको रूपरेखा कोरिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यले गर्दा आर्थिक स्थिति बिग्रिन सक्छ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन विचलित हुनेछ। कार्यक्षेत्रमा अरुको थप कार्य गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ। व्यपारमा लाभका योग छन्। समय अनुरूप आफूलाई परिवर्तन गर्नुहोस् भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षी योजनाहरू पूरा नहुनाले मनोबलमा कमी आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा हजुरको कामको प्रशंसा हुनेछ। नयाँ लगानी लगाउनको लागि समय अनुकूल रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कार्य सम्पादन हुनाले मनोबलमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) युवा वर्गहरूलाई रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। इष्टमित्रहरूको साथ पाइनेछ। छात्रहरूलाई भविष्यलाई लिएर चिन्ता रहनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

हाम्रो पात्रो बाट