
सुदूरपश्चिम र कर्णाली क्षेत्रको सांगीतिक स्वाद झल्काउने नयाँ देउडा गीत जुम्लाको केसर २०८२ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा भरत भट्ट र पुराणकला बीसीको स्वर रहेको छ भने झलक भट्टले शब्द र संगीत तयार पारेका छन्।

एरेन्ज पवन राना भट, स्टुडियो फाइनट्यून, निर्देशन रमेश बिजुली बीसी, र कलाकारको रुपमा रयान आचार्य र निरुता बिष्ट रहेका छन्। छायांकन अमृत उपाध्याय, सम्पादन शनकर साउदले गरेका हुन्।

भिडियोले पारम्परिक देउडा शैलीलाई आधुनिक संगीतसँग मिसाएर दर्शक र संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमा गीतले व्यापक चर्चा पाउन थालेको छ।

































