कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनु पर्छ : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनुपर्ने बताएका छन । मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र उत्पन्न अन्तरविरोधको समाधानका लागि महासमिति बैठक अपरिहार्य भएको बताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

उनले भने, “उत्पन्न परिस्थितिमा महासमिति सदस्यहरूबीच वैचारिक बहस र छलफल चलाउनुपर्छ । छलफल र संवादबाटै समस्या समाधान सम्भव भएकाले अन्य प्रक्रियामा नलझौं ।”

मुख्यमन्त्री शाहले थपे, “हामी प्रजातान्त्रिक पद्धतिलाई अंगीकार गर्छौं। महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौं।”

भाद्र २३ र २४ गतेका घटनापछि जेन्जिले उठाएका सकारात्मक मागहरूप्रति हामी केन्द्रित हुनुपर्ने हो, तर यहाँ नेतृत्वको होडबाजी किन भइरहेको छ ? भन्ने प्रश्न पनि उनले गरे।

उनले पार्टीभित्र शक्ति सङ्कलन गरेर संगठनलाई बलियो बनाउनका लागि सबै कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह गरे।