
आज – ०५ मंसिर २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यलाई टाल्नु भन्दा सम्पादन गर्नमा विश्वास राख्नुहोस्। सवारी साधनबाट चलाउँदा सावधान रहनुहोला। सरल बाणीको प्रयोग गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा आफूभन्दा ठूलाको सल्लाहलाई वेवास्था नगर्नुहोस्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। प्रशासनिक वा राज्य क्षेत्रको काममा बाधा आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूलाई वेवास्था गर्दा दुःख पाइनेछ। अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। गृहकार्यमा खट्टीनुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रममा वृद्धी हुनेछ। सोचेको कार्यमा सफलता मिल्नेछ। साहित्य र लेखन कलामा सफलता मिल्नेछ। अवसरवादीहरूबाट सजग रहनुहोला धोखा पाइएला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कलात्मक र रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तहरूको साथ मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक प्रतिष्ठा बढ्नेछ। नँया काममा इच्छाशक्ति बढ्नुका साथै कीर्तिमान कार्य गर्ने अवसर रहेको छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। महत्कांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा मेहनत धेरै लाग्नेछ। अवसरको लागि दौडधुप गर्नुपर्ला। अग्रज वा सहयोगीहरुको साथ मिल्नाले नयाँ कार्यमा सफलता पाइनेछ। धर्मकर्ममा मन जानेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
हाम्रो पात्रो बाट





























