ज्योतिषीका अनुसार आजका लागि यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् मंसिर महिनाको १० गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १० मंसिर २०८२ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दुविधा उत्पन्न भएको ठाउँमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। मनमा अरुको लागि परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको बाध्यताले काम समयमा पूरा नहुँदा मन खिन्न रहनेछ। व्यवसायमा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। जग्गा जमीनबाट राम्रो लाभ उठाउन सकिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवसायिक कामले यात्राको अवसर दिलाउनेछ। मौसम बिमारीबाट जोगिनुहोस्। माननीय जनहरूको सहयोगले रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो अनुकूल परिणाम नमिल्ला। इर्ष्या गर्ने वा साइनो गास्नेहरूबाट सावधान रहनुहोला। दिगो लाभ हुने कामको रूपरेखा निर्माण गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक संघ समारोहमा सम्मलित भइएला। कार्यक्षेत्रमा चुनौती पन्छाउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारमा लाभ रहनेछ। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढा जानुपर्ला। व्यावहारिक पक्ष मजबुत रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहयोगी र आफन्तहरूको साथ पाइनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोला। विभिन्न भौतिक संसाधन जुटाउन सकिनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिश्रमले भविष्यको बाटो निर्माण गर्न सकिनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। कानुनी मुद्दा मामलामा विजय प्राप्त गर्न सकिनेछ। रोग र शत्रु दुवै कुरा पन्छिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। चुनैतीपूर्ण काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। अग्रज वा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

हाम्रो पात्रो बाट