एनसेलले सार्वजनिक गर्यो ‘एनपीएल प्ले प्याक’ : अब डिशहोम गो एपमा मोबाइलमै एनपीएल–२ का सबै खेल लाइभ हेर्न मिल्ने

Image
Nisarga Hospital

एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलहरू मोबाइलमै लाइभ हेर्न मिल्ने ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ। डिजिटल स्ट्रिमिङ पार्टनर डिशहोमसँगको सहकार्यमा ल्याइएको यो प्याकमार्फत दर्शकले डिशहोम गो एपमा सहजै सबै खेल लाइभ स्ट्रिमिङ हेर्न सक्नेछन्।

CP Hospital Dhangadhi

एनसेलका अनुसार क्रिकेटप्रेमीले घर–काम, यात्रा वा जहाँ भए पनि मोबाइलबाटै खेल हेर्न सकून् भन्ने उद्देश्यले प्याक संचालनमा ल्याइएको हो। करसहित २९९ रुपैयाँमा उपलब्ध यो प्याकमा २८ दिनसम्म उपयोग गर्न मिल्ने १ जीबी डेटासहित लाइभ स्ट्रिमिङ सुविधा समावेश गरिएको छ।

प्याक खरिद गर्न एनसेल एप वा *123# डायल गर्न सकिन्छ। साथै देशभरका एनसेल खुद्रा विक्रेतामार्फत पनि सहजै किन्न सकिने कम्पनीले जनाएको छ। प्याक सक्रिय भएपछि प्राप्त एसएमएसमा आएको लगइन विवरण प्रयोग गरी डिशहोम गो एपमार्फत खेलहरू प्रत्यक्ष हेर्न सकिन्छ।

nawajiwan
Attariya Hospital

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार, “क्रिकेटप्रेमीलाई मोबाइलमै लाइभ खेल हेर्न पाउने सुविधा दिन पाउँदा हामी उत्साहित छौँ। डिशहोमसँगको सहकार्यले यस वर्ष एनपीएल दर्शक अनुभव थप उत्कृष्ट बनाएको छ।”

पहिलो संस्करणमा झैँ यसपटक पनि एनसेल ‘पावर्ड बाइ’ पार्टनरको रूपमा एनपीएलसँग जोडिएको छ। ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ नारासहित कम्पनीले यस वर्ष फ्यानहरूको अनुभव अझ आकर्षक बनाउन विभिन्न फ्यान प्याकसमेत सार्वजनिक गरिसकेको छ।

यस्तै, सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनले पनि गत वर्षजस्तै यो वर्ष पनि योगदान जारी राख्दै एनपीएलमा प्रहार हुने प्रत्येक चौका बराबर ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।