रवि लामिछाने राजनीतिमा आएपछि एमाले–कांग्रेस शत्रुबाट मित्र बने नव दुलहा दुलहीको जस्तो सम्बन्ध बन्यो..

Image
Nisarga Hospital

काठमाण्डौ/पारस भट्ट ‘प्यासी’ : नेपालको मुख्य दुई राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेसबीच विगतमा देखिएको कटु द्वन्द्व र आरोप–प्रत्यारोप सब्दहरु लेख्दै गयो भने एउटा दुइटा डायरी भरिन सक्छ!

CP Hospital Dhangadhi

दुई दलबीच वर्षौँदेखि खिसिट्युँ, व्यङ्ग्य र टोल–टोलमा राजनीतिक प्रतिस्पर्धा चलिरह्यो , तर रवि लामिछाने राजनीतिमा उदाएपछि दुवै दलबीचको सम्बन्ध नव–विवाहित दुलहा–दुलहीको जस्तै बन्दै गयो!

विगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई “कुखुराको पोथी” जस्तै कमजोर भन्दै व्यङ्ग्य गरेका थिए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्वोधन गर्दै,
शेर बहादुर देउवा दाई पाँचपटक प्रधानमन्त्री भएर के विकास गर्नुभयो?”
भनेर सार्वजनिक प्रश्नसमेत उठाएका थिए।

nawajiwan

त्यस्तै, कांग्रेसले पनि एमालेका हरेक कदमको आलोचना गर्दै सत्ता र सडक दुबैमा निरन्तर राजनीतिक प्रतिस्पर्धा गर्दै आएको नै हो!!

तर पछिलो दिनहरु एकदमै फरक बने — एमाले र कांग्रेस मिलेर सरकार बन्यो र दुबै दलबीचको सहकार्य बलियो हुँदै गयो हरेक क्रियाकलापमा उनीहरू एकार्कालाई साथ दिदैं अघि बढे

Attariya Hospital

यो एकता प्रेम किन?

जनताको ठूलो जिज्ञासा इतिहासकै कठोर प्रतिद्वन्द्वी दल अचानक यति मिलनसार किन बने?”

राजनीतिक विश्लेषक र सक्रिय नागरिकहरू भन्छन् —

रवि लामिछानेको लोकप्रियता सगरमाथा छुन थालेपछि ति दलहरूमा भय पैदा भयो
सरकार भित्र नै फैलिएको भ्रष्टाचार, अन्याय र बिकास ढिलासुस्तीलाई चुनौती दिने रविको शैलीले ति पुराना दलका नेताहरूलाई असहज बनायो।
पत्रकारिताबाट आएका रवि जनताको विश्वासले सत्ता नजिकिँदै जाँदा पुराना शक्तिहरू सतर्क भए र डराए !

उसो त एमाले र कांग्रेसको “राजनीतिक प्रेम” सुरु भएको धेरैको बुझाइ छ।
त्यस्तै तीन भिभिन्न राजनीतिक दल , नेताहरुकै षड्यन्त्र बाट रविलामिछानेले भिभिन्न आरोप पत्यारोप का मुद्दाहरु झेल्न पर्यो!