ज्योतिषीका अनुसार आजका लागि यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् मंसिर महिनाको १६ गते मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १६ मंसिर २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सभा समारोहमा सम्मानित भइएला। नोकरी वा पेशामा अधिकारी वर्गहरू हजुरको लागि सहयोगी हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सृजनात्मक गतिविधिहरूमा रुचि बढ्नेछ वा नवीन विचारहरू कार्यान्वयन गर्न सकिनेछ। अबसरवादीहरूबाट सावधान रहनुहोला। धर्म कर्मतर्फ मन जानेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा धैर्य वा सजगताको साथमा विवेकपूर्ण निर्णय लिन आवश्यक हुनेछ। व्यवहारलाई सरल राख्ने प्रयास गर्नुहोला। नयाँ कामको थालनी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यक्तिगत वा व्यावहारिक त्रुटीले आलोचना हुन सक्छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। सन्तुलित आहार अपनाउनुहोस्। आफन्तहरूबाट साथ पाइनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको कार्यमा सफलता मिल्नेछ। राज्यपक्ष वा प्रशासनिक सहयोगबाट कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सहायता मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास वा स्पष्ट दृष्टिकोणमा उल्लेखनीय वृद्धि हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। नयाँ नोकरीको खोजीमा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा तपाईँको योग्यता वा दक्षतामाथि पुनः विश्वास पुष्ट हुनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम सम्बन्धलाई दाम्पत्य यात्रामा रुपान्तरण गर्न अनुकूल समय रहको छ। परिवार वा आफन्तहरूको साथले कठिन कार्य पनि सरलतापूर्वक सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गृहणिहरूको धार्मिक वा आध्यात्मिक क्षेत्रमा समय व्यतीत हुनेछ। भविष्यलाई लिएर योजनाहरु कोरिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। गोप्य कुराहरू सार्वजनिक नगर्नुहोला। योग्यताको मूल्यांकन हुनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

हाम्रो पात्रो बाट