
त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेर नेतृत्व क्षमताको उत्कृष्ट छाप छोडेका श्याम राज ओझा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटीबाट सिफारिस भएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले ओझासहित १७ जनाको नाम प्रदेश कार्यसमितिमा पठाएको हो।

स्ववियु निर्वाचनमा म्यान अफ द इलेक्सन उपाधिसहित विजयी भएका ओझा संगठनभित्र सक्षम, बौद्धिक र प्रभावशाली युवा नेताका रूपमा स्थापित मानिन्छन्। पार्टीभित्र मात्र होइन, डोटीका युवामध्ये पनि उनी प्रति सकारात्मक उत्साह रहेको देखिन्छ। आगामी निर्वाचनमा ओझाले युवापुस्ताबाट उल्लेख्य समर्थन पाउने आकलन गरिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

युवाहरूको विश्वास, राम्रो संगठनात्मक पकड र स्ववियु नेतृत्वको अनुभवले ओझालाई कांग्रेसभित्र बलियो उम्मेदवारको रूपमा उभ्याएको छ। अब अन्तिम सूचिमा उनको नाम पारित हुने हो या होइन, त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
































