
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले १७ जनाको नाम सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको छ। बिहीबार जिल्ला कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित निर्वतमान प्रतिनिधि सभा सदस्य विर बहादुर बलायरसहित जिल्लाका विभिन्न नेतृत्व र अनुभवी व्यक्तित्वहरूलाई सिफारिस सूचीमा समावेश गरेको हो।

सिफारिसमा बलायरसँगै गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र विक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीप कुमार देउवा र भक्त बहादुर बलायर लगायतका नेता समावेश छन्।
त्यसैगरी भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मी राज पाठक, श्यामराज ओझा र हर्क बहादुर देउवा पनि प्रत्यक्ष तर्फका सिफारिस सूचीमा परेका छन्।
प्रतिनिधि सभा समानुपातिक तर्फ भने ७ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए। उनीहरूमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, हिक्मत सिंह चोपरा (अल्पसंख्यक कोटा), मायाँ देवी कुँवर (पिछडिएको क्षेत्र) र लाल बहादुर बि.क (दलित आरक्षण) रहेका छन्।
यस्तै, राष्ट्रिय सभाका लागि दिपक कुमार बिष्ट र यज्ञराज पाठक गरी २ जनाको नाम सिफारिस गरिएको छ।






























