सुदूरपश्चिम महोत्सवमा कलाकारहरूको धमाकेदार प्रस्तुति, मनोरञ्जन र सांस्कृतिक विविधताको संगम

Image
Nisarga Hospital

आयोजक कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आजको कार्यक्रममा चक्र बम र रचना रिमालसँगै गुड्डु ओली, रोहित ढुंगाना, निरज बी.के. तथा सरस्वती धामी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। कलाकारहरूले आधुनिक, लोक तथा देउडा गीत–संगीतमार्फत दर्शकलाई झुमाउने आयोजकको अपेक्षा छ।

CP Hospital Dhangadhi

महोत्सवले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। प्रत्येक दिन फरक–फरक विधाका कलाकारको प्रस्तुति रहने भएकाले महोत्सव स्थलमा दर्शकको उल्लेख्य उपस्थिति देखिँदै आएको छ।

Attariya Hospital

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न औद्योगिक, व्यापारिक तथा कृषि प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, खानपान तथा बाल मनोरञ्जनका आकर्षणहरू समेत रहेका छन्।

nawajiwan

आयोजकले महोत्सव अवलोकन गरी कार्यक्रमको भरपुर मनोरञ्जन लिन सबैलाई आग्रह गरेको छ।