आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् पुस ७ गते सोमबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०७ पौष २०८२ सोमवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय अनुसार चल्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। मनमा रहेका शंका मेटिनेछन्। पायक स्थानमा भ्रमणका योग छन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यक्तिगत काममा सफलता मिल्नेछ। कुनै ठूलो काम सम्पादन हुनाले मन ढुक्क रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय अनुसार सबै कुरा मिल्दै जानेछ। कुनै कुरालाई लिएर मनमा धैर्यताको कमी रहनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफूले नजानेका कुरामा मौन रहनु नै उचित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक कुरामा ध्यान दिदै अघि बढ्नुहोस् सफलता मिल्नेछ। व्यक्तिगत खुसीको बारेमा सोचिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुराले मनमा खुसी दिलाउला। अनावश्यक खर्च बढ्नाले किनमेलमा ध्यान पुर्‍याउनुहोस्। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। सम्मानित कार्यले समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। माननीय जनहरुको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम गर्दा दोमन हुन सक्छ। कुनै पनि काम नआत्तिई धैर्यपूर्वक गर्नुहोस्। कमजोर स्वास्थ्यले कार्य समयमा सम्पादन नहोला। राजनीतिक क्षेत्रमा मान सम्मान बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। हात लिएको नयाँ कार्य सम्पन्न गर्नमा श्रम धेरै लाग्नेछ। मनमा आँट वा काम गर्ने जाँगरको कमी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक जिम्मेवारीले व्यस्तता बढाउनेछ। आज कसैप्रति गलत धारणा तपाईँले बनाउन सक्नुहुन्छ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। कला वा संगीतको क्षेत्रमा सकारात्मक संकेत प्राप्त हुनेछन्। टाढिएका आफन्तहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्साह र उमंगको कमी रहनेछ। स्वास्थ्यले भनेजस्तो साथ नदेला। विदेश जाने हरूका लागि सकारात्मक संकेत मिल्नेछ। यात्रा गर्दा भगवान गणेशको स्मरण गरी अगाडि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्त र मित्रवर्गहरुको साथ पाइनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट