आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् पुस १० गते बिहीबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १० पौष २०८२ बिहिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उद्योग व्यापारमा नयाँ कीर्तीमान स्थापित गर्न सकिनेछ। रमाईलो घुमघामको योग बन्छ। योजनापूर्वक गरेको काममा सफलता मिल्नेछ। ठुलाबडाको आशिर्वाद र मार्गदर्शनमा अधुरो रहेको कार्य पूरा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरानो कामको चर्चा हुनेछ साथै नयाँ काम थालनि गर्ने अवसर जुट्नेछ। प्रतिष्ठित कार्य गर्दै लोकप्रियता हासिल गर्ने समय रहेको छ। कामगर्ने जोशमा पनि वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् साथै निर्णय क्षमतामा अभिवृद्धि होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजिक र कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। विद्यार्थीवर्गहरूलाई पढाइमा नयाँ सिप सिक्ने मौका मिल्नेछ। पढाईमा रुचि र शरीरमा स्फूर्ती दिनैभरी रहला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मेहनतले कार्य थालनि गरे भविष्यमा लाभ र प्रतिष्ठा दिलाउने समय रहेको छ। सामाजिक दायित्व बढ्नेछ र कामगर्दा जिम्मेवारी लिन मन लाग्ने समय रहेको छ। नयाँ योजना परियोजनामा कार्यान्वयन गर्दा लाभ हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा प्रतिस्पर्धीहरू माथि विजयी भइनेछ। धैर्य वा पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। नीतिगत वा धार्मिक कार्यहरूको रूपरेखा बन्नेछ र त्यसलाई सहि उपयोग गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। साझेदारी र सहकार्यमा गरेको व्यापारमा लाभ रहनेछ। धैर्यताको कमीको कारण विवादास्पद स्थितिको सामना गर्नुपर्ला सोचेर बोल्दा विवादबाट टाढा भईएला। रमणीय स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरिरहेको काममा नयाँ अवसरहरु फेला पर्नेछन्। विशेष साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। चिन्ताको समाधान हुनेछ साथै मनमा उमंग र शान्ति छाँउला। दृढ सङ्कल्प र स्थिरता पूर्वक सहकार्य गर्दा कार्य सफल होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्चबाट जोगिनुहोस। कामको सुरुवात गर्दा असमञ्जसको स्थिति आएपनि सम्भाबित कार्य पूरा गर्न सकिएला। चिताएको काम सम्पादन गर्नको लागि भागदौड धेरै गर्नुपर्ला तर धैर्यता र आत्मविश्वासले काम गर्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा लगानि गर्नको लागि उचित समय रहेको छ। धार्मिक तिर्थस्थलको सानो यात्रा हुनसक्छ। मानसिक रुपमा शान्ति मिल्नेछ साथै काम गर्न ऊर्जा दिनैभरी रहला। योग्यताको मूल्यांकन हुनाले कामको जस पाईनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। खानपानमा विशेष ध्यान राख्नुहोला। व्यापार व्यवसायमा काममा सकारात्मक संकेत देखिएको छ। पारिवारिक झन्झटबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। ज्ञान र ध्यानको कारण कठिन परीक्षा सहजै उतिर्ण भईएला। संगीतको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। संचित धनमा र मान सम्मानमा वृद्धि हुनाले मन प्रसन्न रहला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। एउटा कार्यसम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। धेरै काममा हात हाल्नाले गरिरहेको काममा ढिलासुस्ती हुनसक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट