दिनेश डिसी, बेनिशा र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन

Image
Nisarga Hospital

रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा बिहीबारबाट यो आउटलेटको रुपमा छैटौँ आउटलेटको रूपमा काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ ‘रश्मिलाज फेसियल हाउस’ आरम्भ गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले हात्तिगौँडामा सञ्चालनमा आएको रश्मिलाज फेसियल हाउसको छैटौँ आउटलेटको बिहीबार रिवन काटेर उद्घाटन गरे ।

CP Hospital Dhangadhi

दुई दशक भन्दा लामो समय अमेरिका बसेकी समी रेग्मी अधिकारीको पाटन सिपमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले यो शाखा सञ्चालनमा ल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउसको सेवाबाट आफू लामो समयदेखि आकर्षित भएको बताए । नयाँ शाखाको सफलताको कामना गर्दै उनले सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउस एउटा ब्रान्ड बनेको बताए ।
चलचित्र अभिनेत्री बेनिशा हमालले पनि काठमाडौँ मलमा आफूले सेवा लिएको रश्मिलाज फेसियल हाउसको आज छैटौँ शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् ।

अर्की अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि रश्मिला, प्रकाश र समीलाई नया शाखाको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू रश्मिलाज फेसियल हाउसबाट लामो समयदेखि आफूले सौन्दर्य सम्बन्धी सेवा लिँदै आएको बताइन् ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन रश्मीला श्रेष्ठले १८ वर्ष अघि क्रिसमसकै दिन काठमाडौँको सुनधारा स्थित काठमाडौँ मलबाट ‘रश्मिलाज फेसियल हाउस’ सुरु गरिएको बताइन् । काठमाडौँ मलको दुई वटा ब्रान्चसँगै सिभिल मल, गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मलको सफलतपछि रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा छैटौँ आउटलेटको रुपमा सञ्चालनमा ल्याएको रश्मिलाले बताइन् । अब चाँडै यसको अरु शाखा काठमाडौँ बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले बताइन् ।

नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौडा आउटलेडको आफूले शाखा बिस्तार गरेको कार्यक्रममा समी रेग्मी अधिकारीले बताइन् ।
१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला सबै शाखाका कर्मचारी, ब्युटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरुलाई कार्यक्रममा पुरस्कृत गरियो ।