पीआईएको निजीकरणतर्फ निर्णायक कदम: सैन्य–निजी साझेदारीसहित ४८ करोड डलरको बोली

Image
Nisarga Hospital

पाकिस्तानको संकटग्रस्त राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) अन्ततः निजीकरणको निर्णायक चरणमा प्रवेश गरेको छ। बिहीबार पाकिस्तान सेनाको स्वामित्वमा रहेको फौजी फर्टिलाइजर कम्पनी (एफएफसी) ले निजी अरिफ हबिब कन्सोर्टियम (एएचसी) सँग साझेदारीमा सहभागी हुने घोषणा गरेको हो। एएचसीले पीआईएको ७५ प्रतिशत सेयरका लागि ४८ करोड अमेरिकी डलर (करिब १३ हजार ५ सय करोड पाकिस्तानी रुपैयाँ) को उच्चतम बोली जितेको छ।

CP Hospital Dhangadhi

यो पाकिस्तानकै सबैभन्दा ठूलो निजीकरण अभ्यास मानिए पनि सैन्य स्वामित्वको कम्पनी कन्सोर्टियममा सामेल हुनुका कारण प्रक्रिया परम्परागत निजीकरणभन्दा फरक देखिएको विश्लेषकहरूको टिप्पणी छ। डन पत्रिकाका टिप्पणीकार खुर्रम हुसेनले यसलाई ‘राज्यको निरन्तर उपस्थितिसहितको असामान्य निजीकरण’ भनेका छन्। उनका अनुसार यस मोडेलले राज्य र निजी क्षेत्रबीच सहकार्यको नयाँ ढोका खोल्न सक्छ।

Attariya Hospital

पीआईएको निजीकरण भारतमा एअर इन्डियालाई टाटा समूहले पूर्ण रूपमा अधिग्रहण गरेको मोडेलभन्दा भिन्न छ। नयाँ कन्सोर्टियमका लागि मुख्य चुनौती ठूलो ऋणको बोझ र अत्यधिक कर्मचारी संरचनालाई सुधार गर्दै एयरलाइन्सलाई पुनर्जीवन दिनु हो। पाकिस्तान स्टिल मिल्सपछि पहिलो ठूलो निजीकरण भएकाले यसलाई अन्य सरकारी संस्थाहरूका लागि ‘लिटमस टेस्ट’ का रूपमा हेरिएको छ।

nawajiwan

पीआईए २०२० को कराँची विमान दुर्घटनापछि गहिरो संकटमा फस्यो। उक्त दुर्घटनापछि पाइलट लाइसेन्ससम्बन्धी विवाद र युरोप तथा बेलायतको उडान प्रतिबन्धले कम्पनी थप कमजोर बनायो। यद्यपि, यस वर्ष ती प्रतिबन्ध फुकुवा भएपछि पीआईए पुनरुत्थानको आशामा देखिएको छ।