आ’क्रमणपछि प’क्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्क पुर्‍याइए

Image
Nisarga Hospital

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍याएको छ। बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी काराकसमा भएको अमेरिकी आक्रमणपछि पक्राउ परेका मादुरोलाई न्युयोर्क लगिएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गर्दै तस्बिर सार्वजनिक गरेका थिए। ट्रम्पले एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए।

CP Hospital Dhangadhi

शनिबार बिहानै अमेरिकाले काराकससहित विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि मादुरो बेपत्ता भएका थिए। आक्रमणपछि अमेरिकी सेनाले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको दाबी गरेको थियो। मादुरो अन्तिम पटक शुक्रबार काराकसमा चिनियाँ अधिकारीहरूसँगको भेटका क्रममा सार्वजनिक देखिएका थिए।

Attariya Hospital

एएफपीका पत्रकारहरूका अनुसार काराकसमा सुरुमा विस्फोटको ठूलो आवाज सुनिएको र राजधानी तथा आसपासका क्षेत्रमा आतंक फैलिएको थियो। अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका जनाइएको छ। करिब एक घण्टासम्म आकाशमा विमानको आवाज गुञ्जिएको र व्यापक हवाई आक्रमणका कारण ठूला विस्फोट सुनिएको बताइएको छ। आक्रमणपछि राजधानीका कैयौँ क्षेत्र विद्युत् आपूर्तिविहीन भएका छन्। भेनेजुएलाले अमेरिकी आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै कडा निन्दा गरेको छ।

nawajiwan