
सुदूरपश्चिमको कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ दिर्घ राज फुलाराले आफ्नो नयाँ देउडा गित ‘लहरी पल्टन आयो’ बजारमा ल्याएका छन्। गितमा माया–प्रेम र लोक संस्कृतिको झलक प्रस्तुत गरिएको छ। दिर्घ राज फुलाराले आफ्नै युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरेका छन्।

गीतमा दिर्घ राज फुलारा र लक्ष्मी नेपालीको स्वर, दिर्घ राज फुलाराका शब्द तथा सङ्गीत रहेको छ। सङ्गीतको संयोजन बिनोद बाजुरालीले गरेका छन् भने मिक्सिङ खड्क बाजुरालीले गरेका छन्। गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियो निर्देशन भीम थापाले गरेका छन्, छायांकन अमृत उपाध्यायले तथा ड्रोन पनि उनले नै सञ्चालन गरेका छन्। सम्पादन प्रभिन रेश्मी मगरले गरेका हुन्। भिडियोमा दिर्घ राज फुलारा र उर्मिला कुँवर मोडलिङ गरेका छन्। पोस्ट–प्रोडक्सन खप्तड फिल्म्सद्वारा सम्पन्न गरिएको छ।

यो गीतले देउडा र लोक सांगीतिक प्रेमीहरू माझ उत्साह थप्ने र सुदूरपश्चिमको सांगीतिक पहिचानलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
































