एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ – ५ जीबी डेटा, अनलिमिटेड कल र डिजिटल पहुँच सस्तो दरमा

Image
Nisarga Hospital

काठमाडौंः एनसेलले जेन–जी पुस्तालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ। यो प्याकले विद्यार्थी र युवा वर्गलाई सुलभ शुल्कमा मोबाइल कनेक्टिभिटीको सुविधा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता झल्काउँछ।

CP Hospital Dhangadhi

‘युवा सिम’को मूल्य करसहित मात्र रु. २९९ तोकिएको छ र यसमा २८ दिनका लागि अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीमा निःशुल्क पहुँच, साथै अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध छ। अफ–नेट कल सेवा प्रति मिनेट मात्र रु. १ मा उपलब्ध छ भने ५ जीबी डेटा प्रयोग भएपछि पे–एज–यू–गो सेवा प्रति एमबी ५० पैसामा प्रयोग गर्न सकिन्छ।

एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले भने, “युवालाई लक्षित गरी तयार गरिएको ‘युवा सिम’ले उनीहरुलाई सधैं कनेक्टेड राख्दै डिजिटल अवसर र शिक्षासँग जोड्ने विश्वास लिएको छ।”

nawajiwan
Attariya Hospital

सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै २४ घण्टाका लागि १ जीबी डेटा मात्र रु. १९ मा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम सजिलै प्रयोग गर्न सकिन्छ।

सिम लिन इच्छुक प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा नागरिकता, ड्राइभिङ लाइसेन्स वा विद्यार्थी परिचयपत्र पेश गर्नुपर्छ। प्याकको सेवा २८ दिनसम्म मान्य रहने र समयसीमा पूरा भएपछि पुनः खरिद गर्न सकिन्छ। *एनसेल एपमार्फत वा १२३# डायल गरेर पनि ‘युवा सिम’ खरिद गर्न सकिन्छ।

यो प्याकले युवालाई उनीहरुले बढी प्रयोग गर्ने सेवामा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्दै डिजिटल जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको छ।