ट्रम्पको अभिव्यक्तिपछि ग्रीनल्याण्डमा इयूको चेतावनी: डेनमार्कसँग फ्रान्सको दृढ ऐक्यबद्धता

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त ‘डेनिस’ भूमि आवश्यक पर्ने अभिव्यक्ति दिएपछि युरोपेली राजनीतिमा नयाँ तरंग आएको छ। यसै सन्दर्भमा फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले ग्रीनल्याण्डमा युरोपेली संघ (इयू) को स्पष्ट ‘रणनीतिक जिम्मेवारी’ रहेको बताएका छन्।

CP Hospital Dhangadhi

डेनमार्कले खनिज स्रोतले समृद्ध आर्कटिक टापु ग्रीनल्याण्डलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन खोजिरहेको आशंका व्यक्त गरेपछि ब्यारोँको प्रतिक्रिया आएको हो। उनले आर्कटिक क्षेत्रको सुरक्षा युरोपेली सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै डेनमार्कप्रति इयूको ऐक्यबद्धता पुनः पुष्टि गरे।

“आर्कटिक सुरक्षा युरोपेली सुरक्षाबाट अलग हुन सक्दैन,” ब्यारोँले भने, “हामी डेनमार्कको समर्थनमा दृढतापूर्वक उभिएका छौँ र यस्तै अवस्थामा भविष्यमा पनि समर्थन कायम रहनेछ।”

nawajiwan
Attariya Hospital

उनका अनुसार ग्रीनल्याण्ड युरोपेली क्षेत्र हो र यो उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को संरक्षणमा रहेको छ। नेटो तथा उसका सहयोगी देशहरू कुनै पनि प्रकारको खतराबाट आफ्नो भू–भाग जोगाउन पूर्ण रूपमा सक्षम रहेको उनले स्पष्ट पारे।

यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ग्रीनल्याण्डमा हुने सैन्य अभ्यासमा फ्रान्सले थप स्थल, वायु र समुद्री सेना पठाउने घोषणा गरेका थिए। उनका अनुसार फ्रान्सेली सैनिकहरूको पहिलो टोली अभ्यासस्थलमा पुगिसकेको छ र आगामी दिनमा थप सुदृढ बनाइनेछ।