
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेकोमा शनिबार बढेर क्रमशः १४५ रुपैयाँ ०९ पैसा र १४५ रुपैयाँ ६९ पैसा कायम भएको छ।

अन्य विदेशी मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरोको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा रहेको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुनसक्ने स्पष्ट गरेको छ। वाणिज्य बैङ्कले तोक्ने दर फरक पर्नसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।

































