
काठमाडौँः नेपालका क्रिकेट प्रेमीहरूका लागि उत्साहजनक खबर! एनसेल र भाटभटेनीले संयुक्त रूपमा नेपालमा हुने आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुटको विशेष अफर सार्वजनिक गरेका छन्।

यस अफर अन्तर्गत करसहित रु. २९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिने छुट कुपन प्राप्त गर्नेछन्। यसरी प्राप्त कुपन प्रयोग गरेर ग्राहकले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, ट्रयाकसुट, क्याप र अन्य अफिसियल मर्चेन्डाइज खरीद गर्न सक्नेछन्।
अफर देशभरका एनसेल एप, पसल र सेन्टरमार्फत उपलब्ध छ। एनसेल एप प्रयोग गरेर ग्राहकले टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गरी आफ्नो प्याक खरिद गर्न सक्छन्। खरिदपछि ग्राहकको एनसेल नम्बरमा प्रोमो कोडसहित भाटभटेनीको लिङ्क एसएमएसमा प्राप्त हुनेछ। यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी मनपर्ने मर्चेन्डाइज चयन गरी प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ। अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकको रोजेको ठेगानामा डेलिभरी गरिन्छ।


यो अफर २०२६ मार्च ३१ (२०८२ चैत १७) सम्म वा भाटभटेनी अनलाइन स्टोरमा मर्चेन्डाइज उपलब्ध रहुन्जेलसम्म लागु हुनेछ। प्रत्येक योग्य प्याक खरिदमा एक मात्र प्रोमो कोड प्राप्त हुनेछ, जुन साथीभाइ वा परिवारमा साट्न सकिन्छ, तर नगदमा रूपान्तरण वा अन्य अफरसँग जोड्न भने सकिँदैन।
क्रिकेट प्रेमीहरूले राष्ट्रिय टोलीसँग भावनात्मक रूपमा जोडिन र गर्वका साथ अफिसियल मर्चेन्डाइज पाउने यो सुनौलो अवसर नछुटाउनु पर्नेछ।


















