एसइइ डोटी टपर कञ्चन पालीलाई ‘डा.हेमराज जोशी स्मृति पुरस्कार’

Image
Nisarga Hospital

डोटीः गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘डा.हेमराज जोशी स्मृति पुरस्कार’बाट पुरस्कृत भएकी छन् ।

CP Hospital Dhangadhi

सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार पालीलाई उक्त पुरुस्कार वितरण गरिएको हो ।

उनि उच्च शिक्षा अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेकाले उनका बुबा झलक पालीले उक्त पुरुस्कार तथा सम्मान ग्रहण गरेका छन् ।

विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट र प्रधानाध्यापक केशवराज ओझाले संयुक्त रूपमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

‘डा.हेमराज जोशी स्मृति पुरस्कार’ अन्तरगत रु. ५ हजार र विद्यालयको तर्फबाट ५ हजार गरी १० हजार नगद तथा दोसल्ला र सम्मान पत्र सहित प्रदान गरिएको हो ।

दिपायल सिलगढी नगरपालिका ६ निवासी स्वर्गीय डाक्टर हेमराज जोशीको स्मृतिमा दुइ दशकभन्दा पहिले स्थापित उक्त पुरुस्कार राशी एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दिईंदै आएको छ । स्वर्गीय जोशी आफ्ना साईंला बुबा तथा नेपालका तत्कालीन क्षयरोग विषेशज्ञ डाक्टर रहेको दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीले बताए ।

छात्रा पालीले एसइइमा ३.९६ अंक प्राप्त गरी डोटी जिल्लाकै इतिहासमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन् ।
हाल उनी काठमाण्डौ मोडेल कलेज बागबजारमा प्लस टु साइन्स अध्ययनरत छन् ।