ज्योतिषिका अनुसार आजका लागि यी ८ राशिको भाग्य चम्किदै, अनि तपाईको राशिलाई कस्तो ? पढ्नुहोस माघ महिनाको १५ गते बिहीबारको राशिफल

Image
Nisarga Hospital

आज – १५ माघ २०८२ बिहिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो काम र सोचमा आत्मविश्वास बलियो रहनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य भन्दा राम्रो रहला। विषेश व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ केशरी रातो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथी वा सहकर्मीको सहयोग लाभदायी हुनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य सफल हुनेछ। स्वास्थ्य सबल रहेतापनि खानपानमा ध्यान दिनुहोला। घरपरिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सुनौलो अवसर आउने प्राप्त हुनेछ। नोकरी वा पेशामा सकारात्मक परिणाम र पदोन्नतिको योग बनेको छ। मित्रहरूसँग सहकार्य गर्दै कार्य गर्नु लाभदायी रहनेछ। आजके शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरूको लागि मित्रता र सहकार्य महत्वपूर्ण रहनेछ। घरपरिवार र सामाजिक सम्बन्ध बराबर रुपमा राख्दा फाइदा मिल्नेछ। कार्यगर्दा स्वास्थ्यमा पनि केही ध्यान अवश्य राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यहाँहरूको लागि नयाँ योजनाहरू फाईदाजनक रहनेछ। घरपरिवार र मित्रसँगको समयले मनमा हर्ष र उल्लास ल्याउनेछ। निर्णय गर्ने कुरामा ठुलावडाको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक सहयोग फाइदाजनक रहनेछ। मातृपक्षसँगको भावनात्मक सम्बन्ध अझै बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यहाँहरूको लागि खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। विवादास्पद कार्यबाट जोगिनु होला। सामाजिक प्रतिष्ठा र घरपरिवारसँगको सम्बन्धमा ध्यान दिनु लाभदायी रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिम्मेवारी पूरा गर्दा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा स्थिरता र प्रगति देखिने दिन हो। शिष्टता अपनाउने बानिले पारिवारिक वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यहाँहरूको लागि स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। आज अनावश्यक यात्रा नगर्नु होला। सामाजिक प्रतिष्ठा र प्रभुत्व सम्हालेर राख्नुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा प्रगति र सफलता मिल्ने योग छ। मानसिक ऊर्जा उच्च रहनेछ तर शारिरिक स्वास्थ्य सामान्य रहला। छोटो लाभदायक यात्राको योग बन्दैछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यहाँहरूको लागि घरपरिवारसँग समय बिताउने योग छ। आराम र विलासितामा मन गईरहनेछ। पढाईलेखाईमा विद्यार्थीहरूलाई सफलता र उत्कृष्ट नतिजा हात लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक क्षेत्रमा लाभ कमाउने अवसर प्राप्त हुन सक्छ। सन्तुलित व्यवहार र सही बोलीले लाभ पुर्याउनेछ। स्वास्थ्यमा सजगता अपनाएर कार्य अगाडि बढाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट