ज्योतिषिका अनुसार आजका लागि यी ८ राशिको भाग्य चम्किदै, अनि तपाईको राशिलाई कस्तो ? पढ्नुहोस माघ महिनाको २० गते मंगलबारको राशिफल

Image
Nisarga Hospital

आज – २० माघ २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। ज्ञानलाई निखार्ने समय रहेको छ। चिताएको काममा सोचेजस्तै सफलता हात लाग्नेछ। पहिलाको उपलब्धिले पनि उत्साह जगाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ लगानीबाट व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। धैर्य वा पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान सम्मानमा वृद्धि हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। परिवारको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। अध्ययन अध्यापनमा गुरुजनहरूको मार्गदर्शन प्राप्त हुनेछ। रोकिएको कार्यसम्पादन हुने वा नयाँ कार्य पाइने योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाको कमीकमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। छात्रहरूले नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुपर्ला। धर्मकर्ममा मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धी वा मित्रहरूले सहयोगको हात फैलाउने छन्। अवसरको खोजीमा सानोतिनो दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पहिलाको कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा विवादास्पद् समस्याले पछ्याउने छ। विरोधीहरू सक्रिय रहनेछन् भने मनमा मानसिक चिन्ता रहनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। विद्यार्थीहरूको लागि अनुकूल समय रहेको छ। जीवनसाथीबाट उपहार प्राप्त होला। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खानपिनमा सजगता अपनाउनुहोस्। शुभ वा मांगलिक कार्यले घरपरिवारमा खुसीको माहोल रहनेछ। अनावश्यक खर्चले आर्थिक स्थिति कमजोर रहला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। नोकरी वा पेशामा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाइनेछ। नयाँ कार्यको थालनीमा अनुभवी व्यक्तिहरूको सल्लाहले महत्वपूर्ण भूमिका निभाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

हाम्रो पात्रो बाट