वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली र भारतीय चलचित्रमा अपूरणीय क्षति

Image
Nisarga Hospital

नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। कलाकार संघका अध्यक्ष मोहन निरौलाले यो जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनका अभिनयले दुबै देशको सिनेमामा विशेष छाप छोडेको थियो। थापाले नाट्य तथा चलचित्र क्षेत्रमा अनेकौं महत्वपूर्ण भूमिका निभाएका थिए र उनको अभिनयशैली दर्शकमा आज पनि जीवित छ।

Attariya Hospital

उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। थापाको स्मरणमा कलाकार र सिनेप्रेमीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन्।

nawajiwan