एसइइ डोटी टपर कञ्चन पालीलाई `शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’

Image
Nisarga Hospital

गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’बाट पुरस्कृत भएकी छन् ।

CP Hospital Dhangadhi

कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालय ६८ औं वार्षिकोत्सवको अवसरमा आइतबार पालीलाई उक्त पुरुस्कार वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का र जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाले संयुक्त रूपमा प्रदान गरेका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

छात्रा पाली उच्च शिक्षा अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेकाले उनका बुबा झलक पालीले उक्त पुरुस्कार तथा सम्मान ग्रहण गरेका छन् ।
प्राध्यापक डाक्टर शिवराज श्रेष्ठद्वारा स्थापित उक्त पुरस्कार अन्तरगत रु. ११ हजार नगद, दोसल्ला र सम्मान पत्र सहित प्रदान गरिएको हो ।

एसइइमा ३.९६ अंक प्राप्त गरी डोटी जिल्लाकै इतिहासमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा पालीलाई प्राप्त भएको यो छैटौं सम्मान हो ।

यस अघि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, दिपायल सिलगढी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई डोटी, नेकपा एमाले डोटी काठमाडौ सम्पर्क मंच र ऊनी अध्ययन गरेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा स्थापित डाक्टर हेमराज जोशी स्मृति पुरस्कार तथा सम्मान गरिसकेको थियो ।

हाल छात्रा काठमाण्डौ मोडेल कलेज बागबजारमा प्लस टु साइन्स प्रथम वर्षमा अध्ययनरत छन् । पुस्तकालयको ६८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १८ वटा पुरस्कार वितरण गरेको छ ।

पुस्तकालयका अध्यक्ष शिवराज ओझाको अध्यक्षता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा ६८ औं वार्षिकोत्सव तथा पुरुस्कार समर्पण समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न साहित्य तथा संस्कृतिप्रेमी, पुरुस्कृत हुने महानुभाव, पुस्तकालयसङ्ग आवद्ध व्यक्ति, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Dhnagadhi & Krishanapur