बङ्गलादेश निर्वाचनमा कडा सुरक्षा चुनौती: आधाभन्दा बढी मतदान केन्द्र जोखिममा

Image
Nisarga Hospital

बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनलाई लक्षित गर्दै देशभर कडा सुरक्षा व्यवस्था अपनाइने बताएका छन्। प्रहरीका अनुसार मतदानका दिन एक लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिनेछ भने देशभरका आधाभन्दा बढी मतदान केन्द्र हिंसाको जोखिममा रहेका छन्।

CP Hospital Dhangadhi

प्रहरी अभिलेखअनुसार डिसेम्बर ११ देखि फेब्रुअरी ९ सम्म चलेको चुनावी अभियानका क्रममा भएका राजनीतिक झडपमा पाँच जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। बिहीबार हुने मतदानका लागि एक लाख सैनिक र अन्य सुरक्षा निकायको सहयोगमा एक लाख ५७ हजारभन्दा बढी प्रहरी अधिकारी परिचालन गरिनेछ।

Attariya Hospital

सन् २०२४ मा शेख हसिनाको सरकारविरुद्ध भएको जनविद्रोहपछि यो देशको पहिलो निर्वाचन हो। प्रहरी महानिरीक्षक बहरुल आलमले सम्भावित अशान्ति, हिंसा र अवरोधको जोखिमका कारण करिब ४२ हजारमध्ये २४ हजारभन्दा बढी मतदान केन्द्रलाई उच्च वा मध्यम जोखिमको सूचीमा राखिएको जानकारी दिए।

nawajiwan

उनका अनुसार दुर्गम क्षेत्र, कडा प्रतिस्पर्धा र समर्थकबीचको शत्रुताले सुरक्षा चुनौती बढाएको छ। मानवअधिकार संस्थाहरूले पछिल्ला वर्षहरूमा व्यापक राजनीतिक हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रहरीले मतदान शान्तिपूर्ण गराउन पूर्ण प्रतिबद्धता जनाएको छ।

Advertize US