डोटीको बोगटानमा बन्दुकको गोली लागी एक युवकको ज्यान गयो

Image
Nisarga Hospital

डोटीमा बन्दुकको गोली लागी एक युवकको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार बोगटान फुड्सिल गाउँपालिका १ लफडा बस्ने अन्दाजी ३० वर्षका कलम धामीको मृत्युु भएको हो ।
सो गाउँपालिकाको वडा नम्बर १ पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गर्ने क्रममा कोठामा राखिएको भरुवा बन्दुक पड्किएर बाँया कन्चटमा छर्रा लागी उनको मृत्यु भएको बताइएको छ ।

यो घटना हिजो माघ २८ गते बुधबार अन्दाजी ६ बजेर ४० मिनेटको समयमा भएको प्रहरीले जनाएको छ ।

nawajiwan
Attariya Hospital

घटना बारे स्थानीयले राती १ बजेको समयमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक राम बहादुर कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएको थियो ।

थप अनुसन्धानको लागि अहिले १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा SOCO सहित ५ जनाको टोली फिल्डमा खटिएको बताइएको छ ।